Logo
११ मंसिर २०८१, मंगलबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीका साहले १०९ एकल महिलाहरुलाई भोजन गराइ कम्बल वितरण गरे

प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० सिमरिया घर भएका पशुपति साहले १०९ जना एकल महिलाहरुलाई भोजन गराई स-सम्मान कम्बल वितरण गरेका छन । सोमबार आफ्नै निवासमा साहले १०९ जना एकल महिलाहरुलाई कम्बल वितरण गरेका हुन ।

कम्बल वितरण गर्दै दुहबी १० सिमरिया निवासी पशुपति साहले समाज सेवाको भावनाले उत्प्रेरित भई सत्यनारायण भग्वानको पुजा लगाएको अबसरमा दुहबी १० सिमरियाका एकल महिलाहरु लाई भोजन गराई कम्बल वितरण गरिएको बताए । उनका अनुसार आगामि दिन हरुमापनि जेष्ठ नागरिक तथा अपांगता भएकाहरुका लागि यस्तै कार्यक्रमहरु गर्ने बताए ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्