Logo
५ मंसिर २०८१, बुधबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखमा अग्नि सापकोटाबारे औपचारिक निर्णय गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक

दुई अध्यक्षबीच सहमती भएपनि प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

यसअघि नेता अग्नि सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लगभग सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गर्न लागेको हो ।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको बताइएको छ ।

धानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ठ (नेकपा)का अध्यक्ष पुष्पकमल प्रचण्ड भेटघाट । तस्वीर : चन्द्रकला क्षेत्री

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्