काठमाडौंमा २४ घण्टामा २९ सवारी दुर्घटना, १२ सय ३७ चालक कारबाहीमा
काठमाडौं: काठमाडौं उपत्यकामा एकै दिनमा २९ वटा सवारी दुर्घटना भएको छ ।
शनिबार भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले वितेको २४ घण्टामा १२ सय ३७ चालकलाई कारबाही गरेको छ ।
जसमध्ये एकसय ११ जनाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरु रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
फूटपाथमा सवारीसाधन पार्किङ्ग गर्ने १०६, बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ५५ जना ट्याक्सी चालक र जेब्राक्रसमा साधन रोक्ने २३ जनामाथि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ ।