ठूला-कर्पोरेट मिडियाहरुलाई सघाउन सूचना-प्रविधि विधेक
मलाई एउटा शँका के लाग्या छ भने सामाजिक सँजाल, यूटयूब, अनलाईन आदि मिडियालाई तह लगाउन जुन सूचना विधेयक आएको छ, त्यो कर्पोरेट मिडिया हाउसका मालिकहरुसँगकै मिलेमतोमा ल्याइएको हुनसक्छ ।
अचेल कर्पोरेट दैनिक र टेलिभिजन च्यानलहरुमा फ्रेन्चाईज कार्यक्रमबाहेक अन्य समाचार, टक शो आदि कार्यक्रमको खासै क्रेज छैन । समाचार सुन्ने र हेर्ने बर्गको हातमा मोबाइल छ, इन्टरनेट छ र उनीहरु सामाजिक संजाल र यूटयूबबाटै ‘भर्खरै’ घटीत घटनाबारे भिज्यूअलसहित तत्काल जानकारी पाइहाल्छन् ।
यूटयूब च्यानलले प्रकाशमा ल्याएका खबरहरु कर्पोरेट दैनिकहरुले एक महिनापछि फलो गर्न थालेका छन् । यसो दैनिक पल्टायो, पढने नयाँ खबर र विचार भुत्लोभाङ केही भेटिदैन । कर्पोरेट विग हाउसका विज्ञापन छाप्ने पर्चाजस्ता भइसकेका दैनिक पत्रिका असुली पत्रकारितातिर लागेको बेला मिडिया सिण्डिकेटलाई तोडदै जसरी यूटयूब च्यानलहरु हाइहाइ भइरहेका छन्, त्यसले दाता, दल, द्ुताबास र माफीया दलालहरुको सिण्डिकेटमा कोहराम मच्चिएको छ ।
अब कान्तिपुर दैनिकले चाहदैमा कुनै खबर ब्लयाक आउट हुने या कुनै कुपात्रको जयजयकार हुने अवस्था रहेन । ठूला मिडियाले स्थान दिन कन्चुस्याई गरेका डा. सुरेन्द्र केसी, प्रेम कैदी, मुकुन्द घिमिरे, दिलनिशानी मगर, आनन्दराम पौडेल, पुण्य गौतम विश्वास, लिलाराज खतिवडा, सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही, स्वागत नेपालदेखि यो कुसुम भट्टराईसम्मले यूटयूबमा तहल्का मच्चाइरहेका छन् ।
सँधै नेता, उच्च घरानाका सेलीब्रेटी, व्यापारी, अमुक शक्ति केन्द्रले उचालेका मानिसहरुले स्थान पाइरहेकोमा अब यूटयूबमार्फत निम्न बर्गका व्यक्ति, तिनका समस्या र मानवीय सँबेदनाका अनेक आयामहरुले स्थान पाउन थालेका छन् । यसले गर्दा मिडियाका आडमा मोलमोलाई गरेर रातारात धनी भएका, कालो धनलाई सेतो बनाउन पल्कीएका, पचासौ एफएम स्टेशका टावर खडा गरेर शहरको आकाश छेकिरहेका र कागजको बर्बादी गरिरहेका मिडियाको औचित्यमाथि नै प्रश्न उठीरहेको छ ।
यूटयूब त कति सजिलो, एउटा क्यामरा भए पुग्यो । लाइभ खिच्यो, एडीट गर्यो, पब्लिीस गर्यो । हामीजस्ता गरीब पत्रकारका लागि यो माध्यम उत्तम लाग्याछ । यूटयूबबाट पैसा पनि पाइने, ठूला मिडियाले ब्लयाक आउट गरेका घटना, प्रसँग र समस्यालाई उजागर गर्न पनि पाइने ।
यूटयूब हुँदैनथ्यो भने खाडीमा पसिना बगाएर कमाएको रकम कुम्लयाएर सुरेश परियार नामक नाठोसँग पल्कीएकी प्रमीला सुनारको हर्कत पर्दाफास हुने थिएन । यूटयूबले धेरैको कल्याण गरेको छ, धेरैका समस्या उजागर गरेर समाजलाई तिनका समस्या समाधान गर्न घचघच्याएको छ । अबको मिडिया भनेकै फेसबुक, टवीटर र यूटयूब हो, जुन शासक, दल, दाता र दुताबासको अधिनमा छैन र यो स्वतन्त्र छ ।
यही कारण मिडिया सिण्डीकेटवालाहरु यसलाई नियन्त्रण गर्न खोजिरहेका छन् । यसमा ठूला मिडिया मालीकहरुको पनि मिलेमतो छ । अतः कर्पोरेट दैनिकका सम्पादकहरुले तत्काल सूचना विधेयकका काला दफा संशोधन नभएसम्म सम्पादकीय कोलम खाली राख या कालो पोत । यति गर्ने हिम्मत छैन भने तिम्रा पत्रिका जिरा मरीच पोको पार्ने र सिँगान पुछ्न मात्र काम लाग्ला, चेतना भया ।