दुहबी अपराधको ट्रान्जिट पोइन्ट बन्दै, दुहबीकी ममताको निर्मम हत्या भएको पुष्टि
प्रदेश एक स्थित सुनसरीको दुहबी दुहबी अपराधको ट्रान्जिट पोइन्ट बन्दै गएको पाइएको छ । दुहबीमा केहि दिन अगाडी अचेत अवस्थामा भेटिएकी ममता तब्दारको हत्या भएको पुष्टि भएको छ ।
केहिदिन अगाडि मात्रै ममताको भाइ दिवाकर तब्दारले आफ्नो दिदिको निर्मम हत्या भएको दाबी गरेका
थिए । दुहबी ११ स्थित सिमरबोना गाउँ निवासी ३० बर्षिय अविवाहित महिला ममता कुमारी तब्दार अचेत अवस्थामा घर छेउमा भेटिएकी थिइन ।
घटनाबारे बिहिबार ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्की सँग बुझ्दा पोस्टमार्टम रिपोर्ट मा ममताको गहिरो चोटपटक लागेर मृत्यु भएको पुष्ठि भएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन । ममताको नोवेल अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएको थियो ।
संचारकर्मीसँगको कुराकानीमा दिवाकर तब्दारले आफ्नो दिदीलाइ टाउकोमा गम्भिर चोट लागेको र घाँटी रेटिएको देखिएकोल ेहत्यानै भएको दावी गरेका थिए । घटना भएको सोही दिन वेलुका घाँस काट्न गएकी ममता अवेर साँझ सम्म घर न आएपछि खोजतलास गर्ने क्रममा आफ्नै घरदेखि ५० मिटर छेवमा रहेको एनसेल टावर छेवमै अचेत अवस्थामा अनुहार तथा जिउभरिमा चोट लागेको र मुख बटारिएको शंकास्पद अवस्थामा भेटिएकि थिन ।
ममताको मृतक शबलाइ पोष्टमार्टमकोलागि कोशी अञ्चल अस्पताल पठाइएको थियो । पछिल्लो चरणमा दुहबीमा पटक–पटक हत्या भइरहेकोले दुहबी असुरक्षित हुँनुकासाथै अपराधको ट्रान्जिट पोइन्ट बन्दै गइरहेको जन गूनासो बढ्दो
छ । दुहबीमा चोरी, तस्करी, लुटमार र हत्याका घटनाहरु बढ्दै गएपछि अपराधलाइ नियन्त्रण गर्न दुहबी प्रहरीलाइ टाउको दुखाइ भएको छ । दुहबी क्षेत्रको दक्षिणतर्फ खुल्ला सिमाना भएकोले अपराधिक गतिविधि गर्न सजिलो भएको जानकारहरु बताउँछन ।
केहिदिन अगाडीमात्र ईलाका प्रहरी कार्यालय दुहबीको नव निर्मित भवनको समुदघाटन कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबीमा अपराधिक गतिविधि बढेकोले दक्षिण क्षेत्रतर्फ अस्थाइ प्रहरी चौकीहरु तथा ईलाका प्रहरी कार्यालय दुहबीमा डिएसपिको दरबन्दी हुँनुपर्ने १ नम्बर प्रदेश प्रहरी प्रमुखसँग माँग गरेका थिए ।