योगको राष्ट्रिय बेइज्जती : प्रक्रिया पुरा गर्दै कुर्सीमा बसेर यसरी बनाइयो सरकारी दिवस
भनिन्छ नेपालका कर्मचारीले जेसुकै कुरालाई पनि प्रक्रिया पुरा गर्न निकै सिपालु हुन्छन् । ठिक त्यस्तै आज एउटा कार्यक्रममा देखिएको छ । जहाँ कुर्सीमा बसेर योग दिवस मनाइएको छ ।
सरकारी स्तरबाटै राष्ट्रिय बेइजती हुनेगरी मन्त्रीहरुले बुधवार योग दिवस मनाएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा अन्य कार्यक्रम झै प्रक्रिया पु¥याउँदै योग दिवस मनाइएका हुन् ।
छुट्याइएको सरकारी बजेटलाई खर्च गर्ने बाहाना स्वरुप उक्त कार्यक्रम गरिएको देखिएको कार्यक्रममा सहभागीहरुको भनाई रहेको थियो । ‘योग भनेको एउटा साधना हो यस्लाई स्थिर मनले मनाउनु पर्छ, कोटपाइन्ट लगाएर कुर्सीमा बसेर योग गर्नु भनेको यो साधनाकै बेइजती हो’ कार्यक्रममा सहभागी एक जना प्रशिक्षकले भने–‘यो त प्रकृया पुरा गर्ने कार्य मात्र हो जस्तो लाग्यो ।’
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामनत्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेतले कुर्सीमा बसेर बुधवार योग दिवस मनाएका हुन् ।
विश्वभर योग दिवसलाई राष्ट्रिय चाँडको रुपमा मनाइएता पनि नेपालमा भने मात्र प्रकिृया पुरा गरेको देखिएको हो । मंचमा एक जना योग प्रशिक्षकले योग गरिरँदा अन्यले भने सर्कस हरे जस्तो दर्शक बनेका देखिन्थे ।
‘योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग’
यसैबीच कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय योग मूल समारोह समितिले बुधवार आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उनले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए ।
उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए ।
उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।
आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए । उनले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए ।
उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए ।
उनले योगलाई सप्ताहरूपमा नभएर वर्षभित्र अभियानका रुपमा सञ्चालन गर्ने तयारीसमेत भएको बताए ।
कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताए । स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्ने बताए ।
ब्रह्मकुमारी कुसुमले योगले जीवनलाई सुखी बनाउने बताए । आर्ट अफ लिभिङका अच्युत गौतमले योगलाई माध्यमिक तहसम्मको शिक्षामा समावेश गर्नुपर्ने बताए ।
सोही अवसरमा योग क्रियाकलाप कसरी गर्ने भन्नेबारेमा मन्त्रालयद्वारा गठित राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गरेका थिए । पुस्तिकामा योगाभ्यासका चरणहरु उल्लेख गरिएका छन् ।
यसैगरी समारोहको सक्रियतामा बिहान प्रभातफेरी गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयबाट शुरु भएको प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएको थियो ।
प्रभातफेरीमा योगसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको थियो । सरकारले प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाउँदै आइएको छ ।
आज मुलुकभर ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्वमा यसरी मनाइन्छ योग दिवस :