Logo
४ मंसिर २०८१, मंगलबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएको छ ।

कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ भने ।

केन्द्रीय सदस्य कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रह समेत गरे ।

काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य पदमा महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका-१ निवासी ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका-१ निवासी ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुलातर्फ झापा भद्रपुर नगरपालिका-८ निवासी ५८ वर्षीय राजेन्द्र घिमिरे रहेका छन् ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्