Logo
५ मंसिर २०८१, बुधबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिलिप हत्या प्रकरण : परिवारलाई ५ लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

नदी दोहन गर्ने क्रसर उद्योग व्यवसायीबाट मारिएका धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका दिलिप महतोको परिवारलाई राहत स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

२ नम्बर प्रदेश सरकारको सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो । प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले राहत दिने निर्णय गरेको बताए । उनका अनुसार महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्न समेत प्रदेश सरकारले पहल गरिरहेको छ ।

‘अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको मागदावी गर्ने वातावरण बनेको छ,’ उनले भने, ‘चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदा समेत तयार भएको छ ।’

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्