‘राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी कम्युनिष्ट सरकारले संविधान संशोधनको तयारी थाल्यो’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले संविधान संशोधनको तयारी थालेको बताए । उनले राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी कम्युनिष्ट सरकारले संविधान संशोधनको तयारी गरिरहेको बताए ।
उनले सरकारले राष्ट्रपति कार्यकारी अधिकार रहने गरी संविधान संशोधनको तयारी गरिरहेको भन्दै अहिले संविधान संशोधन आवश्यक नभएको स्पष्ट पारे ।
पछिल्लो घटनाक्रम र राष्ट्रिय राजनीतिबारे विभिन्न क्षेत्रका बुद्धिजीवीहरुसँगको छलफलमा नेता पौडेलले कम्युनिष्ट सरकारले संविधानमा भएका लोकतान्त्रिक मूल्यमान्यता समाप्त पार्न लागेको आरोप लगाए ।
वरिष्ठ नेता पौडेलले सत्तारुढ नेकपाभित्र सभामुखको विषय संविधान संशोधन गर्ने कि नगर्ने भन्नेमा जोडिएको बताए ।