नेपालको अर्थतन्त्रको मुख्य आधार पर्यटन : मन्त्री भट्टराई
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन रहेको बताएका छन् ।
पृृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दै मन्त्री भट्टराईले नेपालको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन रहेको बताउँदै पर्यटनलाई उद्यमशिलतासँग जोड्न सुझाव समेत दिए ।
उनले नेपालको समृद्धिका लागि पर्यटन विकास आवश्यक रहेको बताउँदै तिनै तहका सरकारले पर्यटन विकासमा एकीकृत प्रयास गर्नुपर्ने बताए । उनले राष्ट्रियता र विकासमा तीन तहका सरकार र अन्य क्षेत्रको एकताबाट मात्र सम्भव रहेको बताए ।
कार्यक्रममा बोल्दै उनले सिन्धुलीको जुनार र सिन्धुलीगढीलाई जोडेर पर्यटनको विकास गर्न समेत स्थानीय सरकारलाई अनुरोध गरे । उनले संस्कृति, प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटनलाई आक्रर्षण गरि आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न आवश्यक रहेको समेत बताए ।