Logo
५ मंसिर २०८१, बुधबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–प्रचण्डबीच शक्तिको लडाईं,संसद गुटबन्दीको बन्धक बन्योः शक्तिसंघर्षको छायाँ प्रतिनिधिसभामा

जननिर्वाचित प्रतिनिधिहरूको एक मात्र वैधानिक थलो संसद सत्तारूण् प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ ।

आवरणम उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा दुई अध्यक्षबीचको शक्तिसंघर्षको छायाँ प्रतिनिधिसभामा प्रकट भएको हो ।

 

मुख्यतः संसद् सरकारको विजनेसबाट चल्छ । त्यसैले संसद्लाई सहज रूपमा सञ्चालन गर्ने दायित्व सरकार र त्यसको नेतृत्व गरिरहेको संसदीय दलको हुन्छ ।

तर प्रधानमन्त्री ओली र सत्ता नेतृत्व गर्दै आएको दल नेकपाका कार्यकारी अध्यक्ष दाहाल आन्तरिक विवादमा रुमल्लिइरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्