Logo
५ मंसिर २०८१, बुधबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को राजधानी काभ्रेलाई बनाउने प्रस्ताव सभाबाट अस्वीकृत, पक्षमा जम्मा ३ मत !

प्रदेश नम्बर ३ को राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको छ ।

उक्त प्रस्तावको पक्षमा जम्मा ३ मत र्पयो । मतदानमा १०४ सांसद रहभागी भएकोमा १०१ जनाले काभ्रे राजधानी राख्ने प्रस्तावको विपक्षमा मतदान गरे ।

विवेकशील नेपाली दलका रमेश पौडेलले उक्त प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए ।

काभ्रेको प्रस्ताव अस्वीकृत भएपछि हेटौंडालाई राजधानी तोक्ने प्रस्तावमाथि मतदान भइरहेको छ ।

उक्त प्रस्ताव नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले राखेका हुन् ।

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको निर्देशनबमोजिम नेकपा संसदीय दलले प्रदेशको नाम र राजधानीसम्बन्धी निर्णय गरेको थियो ।

प्रदेश सभामा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ ।

यसअघि गण्डकी, कर्णाली र सुदूरपश्चिमले नामाकरण र राजधानी तोक्ने काम सम्पन्न गरिसकेका छन् ।

प्रदेश १, २ र ५ ले भने अझै पनि नामाकरण गर्ने काम र राजधानीको टुंगो लगाउन सकेका छैनन् ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्