भारतले नेपालमा पठाउने राजदूत अझै तय गर्न सकेन
भारतले नेपालमा पठाउने राजदूत अझै तय गर्न सकेको छैन ।विगतमा विशेष परिस्थितिबाहेक ४र५ महिना पहिले राजदूतको विषयमा निर्णय गर्दै आएको थियो । यसपटक त्यस्तो विशेष परिस्थिति छैन ।
विदेश मन्त्रालयमा नेपाल आउन चाहनेको सूची बढेकै कारण भारत सरकारले निर्णय लिन नसकेको दिल्लीस्थित कूटनीतिक स्रोतले दावी गरेको छ ।
भारतीय कूटनीतिज्ञले नेपालको पोस्टिङलाई निकै महत्व र सम्मानको रूपमा लिने गर्छन् ।
राजनीतिज्ञले पनि नेपालमा विदेश मन्त्रालयका अनुभवी तथा वरिष्ठ सहसचिवदेखि अतिरिक्त सचिवसम्मले यो पदमा आउन निकै जोडबल गरेको र पूर्वपरराष्ट्र सचिव नै विदेशमन्त्री रहेका कारण निर्णयमा ढिलाई भएको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।