Logo
४ मंसिर २०८१, मंगलबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू, असर नेपाली बजारमा

भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको छ । केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ ।

बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ। भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ।

आजको मूल्य सूचीअनुसार औसतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ। यस्तै, थोक बजारमा चिनियाँ प्याजको औसत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्यांकले देखाउँछ ।

कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको बताए।

‘भारतीय बजारमा नयाँ प्याज आएपछि मूल्य घटेको छ,’ उनले भने, ‘भारतले प्याजमा गरेको प्रतिबन्ध फुकुवा नगरे पनि केही खुकुलो भएको छ। त्यसैले उता मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो।’

यही हप्ताको आइतबारसम्म २०र२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको श्रेष्ठले बताए।

विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो। बाँकी नेपाली प्याज थियो।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्