Logo
४ मंसिर २०८१, मंगलबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरले किचेर २४ वर्षीय युवकको मृत्युपछि धनुषा तनावग्रस्त, १० राउण्ड अश्रुग्याँस प्रहार

काठमाडौं : धनुषामा मर्निङवाक गएका युवाको टिपरले किचेर हत्या गरिएको छ । मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला टिपरले किचेको हो ।

टिपरले किचेर युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि धनुषा तनावग्रस्त बनेको छ । तनाव उत्पन्न भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ ।

शुक्रबार बिहान छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन् । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापश्चात् ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँलाई नै जोखिममा पर्ने गरी औरही-बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्