मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयकालागि मोवाइल
प्रदेश एक सुनसरीको दुहबी वडा नम्बर १२ स्थित पुर्ब कुशाहा वडा कार्यालयको सभाहलमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयकालागि मोवाइल स्वास्थ्य कार्यक्रम गरिनुकासाथै ३ दिने प्रशिक्षण कार्यक्रम समेत समापन भएको छ।
गर्भवती मातृ तथा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत मोबाइल एप्स मार्फत डिजिटल प्रविधिबाट गर्भवती महिलाहरुको तथ्यांक र सुत्केरी महिलाहरुको तथ्यांक राखेर बाल मृत्यू दर र अपाङगताको दर कसरी घटाउने भन्ने उदेश्यकासाथ दुहबी १२ का २० स्वंयसेविकाहरुलाइ मोवाइल बितरण गरिएको थियो ।
सुरक्षित मातृत्व र बच्चाकालागि स्वंयसेविकाहरुले मोवाइल एप्लीकेशन एपबाट १ हजार दिन सम्म वडाको निगरानीमा राख्ने पुर्ब कुशाहाका स्वास्थ्य चौकी प्रमुख सुनिल भगतले जानकारी दिएका छ्न । मेडिक मोवाइल करुणा फाउण्डेसन नेपालका सहयोगमा भएको कार्यक्रममा दुहबी वडा नम्बर १२ का वडा सदस्यहरु, वडासचिब डम्बर बजगाइ, स्वास्थ्य चौकीका इञ्चार्ज,, कर्मचारीहरु, स्वंयसेविकाहरु लगायतको उल्लेख्नीय सहभागिता रहेको थियो ।