Logo
११ मंसिर २०८१, मंगलबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा ३ महिने सिलाई कटाई तालीम सम्पन्न

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ मा ३ महिने सिलाई कटाई तालिम बुधबार समापन भएको छ ।
वडा नम्बर ५ को आर्थिक सहयोगमा संचालित तालिममा महिलाहरुलाई सिलाई कटाई सिकाएर सफल उधमि बनाउने लक्ष्य रहेको आयोजक संस्था ग्रामिण महिला उत्थान मञ्चकी अध्यक्ष सुनिता बिश्वासले बताइन ।

महिलाहरुलाई आयआर्जनका कृयाकलापमा जोड्न, उनिहरुलाई स्वरोजगार बनाउन यस्तो तालिमको आयोजना गरिएको दुहबी वडा नम्बर ५ का वडाअध्यक्ष
रमेश रौनियारले बताउँदै लक्षित वर्ग महिला, आदिवासी, जनजाती, दलित महिलाहरुको उत्थान, शसक्तिकरण र विकासका लागि वडा बाट कार्यक्रम संचालन गरिएको बताए । तालिममा २५ जना सहभागि महिलाहरु लाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्