Logo
३ मंसिर २०८१, सोमबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाका दुईवटा सडक कालोपत्र हुँदै, ३ वर्षमा निर्माणसम्पन्न गर्ने सहमति

झापाको धुलाबारी हुँदै ज्यामिरगढी-भद्रपुर सडकखण्ड र धुलाबारी-इरौटार सडकखण्ड कालोपत्र हुने भएको छ ।

१ नं प्रदेश सरकारले धुलाबारी-भद्रपुर सडकखण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी-इरौँटार सडकखण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुईवटा सडक कालोपत्र हुने भएका हुन् ।

दुई चरणमा हुने कालोपत्रको शिलान्यास प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरे ।

धुलाबारी-भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ । सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ ।

यसैगरी प्याकेज २ मा धुलाबारी-इरौँटार सडकखण्ड कालोपत्र हुने भएको छ । कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ ग्ते निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्