Logo
१८ पुस २०८१, बिहीबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मणिपाल अस्पतालले अझै १४ करोड कर तिर्न बाँकी

मणिपाल शिक्षण अस्पतालले सरकारसँग भाडामा लिएकोे जग्गामा बनेका कुनै पनि संरचनाको सम्पत्ति कर पोखरा महानगरपालिकालाई बुझाएको छैन । निर्माण गरिएका कुनै पनि भवनको सम्पन्नता प्रमाणपत्र पनि अस्पतालले लिएको छैन ।

नेपाल सरकार र मणिपाल ग्रुप इन्डियाबीच ३ साउन ०५२ मा सम्झौता भएर ४९ वर्षका लागि मणिपालले जमिन भाडामा लिएको हो । फूलबारीमा निर्माण गरिएका संरचनाको सम्पत्ति कर बुझाउन र भवनहरूको सम्पन्नता प्रमाणपत्र लिन महानगरले गरेको आग्रहलाई अस्पताल प्रशासनले आलटाल गरिरहेको मेयर मानबहादुर जिसीले बताए ।

भाडामा लिएको एक सय ९३ रोपनी क्षेत्रफलमा निर्माण गरिएका कुनै पनि भौतिक संरचनाको सम्पत्ति कर मणिपालले महानगरलाई नबुझाएको महानगरको राजस्व प्रशासन महाशाखा प्रमुख छवि शर्माले जानकारी दिए । राजस्व प्रमुख शर्माका अनुसार मणिपालले महानगरलाई सम्पत्ति कर र भौतिक संरचनाको सम्पन्नतासहित महानगरलाई १३ करोड ८१ लाख तीन हजार नौ सय ९६ रुपैयाँ तिर्नुपर्ने देखिएको छ । यसका लागि महानगरले पटकपटक ताकेता गरिरहेको छ ।

अस्पतालले दुई वर्षको सम्पत्ति कर मात्रै सात करोड ८१ लाख तीन हजार नौ सय ९९ रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । अस्पतालले आफ्नो ३२ रोपनी जमिनमा बनेको भौतिक संरचनाको सम्पत्ति कर तिरे पनि सरकारसँग भाडामा लिएको जमिनमा बनेका भौतिक संरचनाको सम्पत्ति कर बुझाउन आनाकानी गर्दै आएको छ ।

 

अख्तियारको ताकेता

अस्पतालसँग कर असुल गर्न अख्तियारलगायत निकायले महानगरलाई ताकेता गर्दै आएका छन् । मणिपाल शिक्षण अस्पतालको आरसिसि विल्डिङ सात लाख ३९ हजार ४१६ वर्ग फिटमा बनेका छन् । त्यस्तै, २८ सय ६ वर्ग फिटमा टिनको छाना भएका संरचना छन् ।नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्