Logo
११ मंसिर २०८१, मंगलबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरहरैचा वडा नम्बर ३ लाई मोतिया विन्दु मुक्त वडा बनाउने अभियान सुरु

शिव भट्टराई/ विन्दु मुक्त वडा बनाउने सुन्दरहरैचा वडा नम्बर ३ ले अभियान शुरु गरेको छ । स्थानीय सरकारको जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार सुन्दररहरैचा वडा नम्बर ३ कार्यालयको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

वडा कार्यालयले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आखाँ जाँच गराउन आउनेहरुलाई परिक्षण औषधि देखि आँखाको अप्रेसन समेत गराउनु पर्ने वडावासीहरुको सम्पुर्ण खर्च वडाले नै व्यवस्था गराउने वडाध्यक्ष जिवनप्रसाद ढुँगानाले जानकारी दिए । वडावासीलाई लक्षित गरि अन्य रोगसंग सम्वन्धी स्वास्थ्य शिविर समेत सञ्चालनमा ल्याउने ढुँगानाले वताए ।

आँखाको समस्या भएर बाहिर जचाउन जानु पर्ने अवस्थामा रहेकाहरु गाउँमै आँखा परिक्षण देखि लिएर औषधिहरु समेत निशुल्क पाएपछि वडावासी उत्साहित भएको हरीप्रसाद विश्वकर्माले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले वडाले बिकास निर्माणमा मात्र केन्द्रित नभएर स्वास्थ्यमा पनि नमुना कार्य गरेकोमा प्रसंसा गरेका थिए ।

आँखा स्वास्थ्य शिविरमा परिक्षण गराउन आउनेहरुमा आँखाको स्वास्थ्यका विषयमा राम्रो ज्ञान नभएर पनि समस्या हुने गरेको पाइएको वताउदै स्वास्थ्यकर्मीहरु आँखाको स्वास्थ्यका विषयमा गम्भीर वन्नु पर्ने सुझाव दिएका छन्।त्यस्तै सो कार्यक्रममा वार्ड नं ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौला सहित विभिन्न विशिष्ठ व्यक्तित्वहरू को उपस्थिति रहेको थियो।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्