Logo
३ आश्विन २०८१, बिहीबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माेबाइल बालेट मार्फत अब मासिक ५ लाखसम्म भुक्तानी गर्न सकिने

अब विद्युतीय माध्यम अर्थात माेेवाइल बालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै त्यस्तो  कारोबारको सीमा बढाएको हो ।

यसअघि यस्तो सीमा १ लाखसम्म थियो । राष्ट्र बैंकले भुक्तानीमा लचकता अपनाउँदै यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, एक वालेटबाट अर्काे वालेटमा मासिक ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था गरेको छ । यस्तो कारोबार दिनमा भने २५ हजारसम्म गर्न पाइन्छ  ।

वालेटबाट वालेट वाहकको बैंक खातामा रकमान्तर गर्दा कुनैे सीमा तोकिएको छैन ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको एटिएम बुथमा  राखिने सुरक्षा गार्ड हटाउन निर्देशन दिएको छ ।
सिसि टिभीबाट निगरानी बढाइने भएकाले सुरक्षा गार्ड हटाइएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्