सिद्धबाबाविरुद्ध जिल्ला अदालतले गरेकाे निर्णयप्रति महिलाहरु आन्दोलित
इटहरी : आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका रामानन्द आचार्य सेवा पिठका जगदगुरु भनिने सिद्धबाबा नामले परिचित कृष्णबहादुर गिरीविरुद्ध महिलाहरु आन्दोलित भएका छन् ।
बलात्कार जस्तो गम्भीर आरोप लागेका गिरीलाई सुनसरी जिल्ला अदालतले ३ लाख धरौटी लिएर गएको सोमवार रिहा गराएकोप्रति आँफूहरुको घोर भत्र्सना रहेको महिला सञ्जाल चतराकी अध्यक्ष देउमाया थापा मगरले बताईन् ।
उनले भनिन्, ‘पहिलाको जस्तो रवाफमा गिरीले यहाँ आएर बस्छु भन्ने कल्पना पनि नगरे हुन्छ, हामी कुनै पनि हालतमा उनलाई यहाँ रवाफमा बस्न दिनेछैनौँ ।’ चतरा स्थित हाटखोलामा भेला भएका महिलाहरु जागृत चोक, मिलन चोक, हुँदै जुलुसको रुपमा बसपार्कमा पुगेर कोण सभा गरिएको थियो ।
बिरोध प्रदर्शनमा सहभागी महिलाहरुले बलत्कारी कृष्णबहादुर चाहिदैन, चतरा आउन पाइदैन, पीडितलाई न्याय देउ, कृष्णबहादुरलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।