प्रदेश १ स्थित इटहरीका पत्रकार याम प्रधानको निधन
प्रदेश १ स्थित सुनसरीको इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज (बिहीवार) विहान ३ बजे निधन भएको हो।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष,नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी प्रधानको निधन भएको हो ।
पत्रकारितामा सक्रिय प्रधानलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि मृगौलाको डाईलेसिस गराउँदै राखिएको थियो ।