Logo
३ आश्विन २०८१, बिहीबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, अब कसको मूल्य कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि भएको हो । पछिल्लो मूल्य अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाईएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ । पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढे पनि हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता गोइतले जानकारी गराए ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्