स्वास्थ्य परिक्षण गर्न मुख्यमन्त्री राउत सहितका टोली सरकारी अस्पतालमा
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहितका टोली स्वास्थ्य परिक्षण गर्न प्रादेशिक असपताल पुगेका छन् । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई नमूना अस्पताल बनाउने गरि कार्य योजना तैयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ ।
समाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव रामकृष्ण सुवेदी, समाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदी सहितको टोली बुधवार बिहान जनकपुर स्थित प्रादेशिक अस्पताल पुगेका हुन् ।
अस्पतालका चिकित्सकहरुले मुख्यमन्त्री राउत सहितको टोलीलाई स्वास्थ्य जाँच गरेका हुन् । मुख्यमन्त्री राउतले अस्पतालको सरसफाई विगतको भन्दा अहिले व्यापक सुधार भएको प्रति अस्पताल प्रशासन, स्वच्छता अभियानीलाई धन्यवाद दिनु हुँदै सरसफाई लाई निरन्तरता दिन आग्रह समेत गरे ।
उनले भने,‘ यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के के गर्न सकिन्छ, तत्कालिक, मध्यकालिक र दीर्घकालिन योजना बनाउनुस प्रदेश सरकार सहयोग गर्न तैयार छ । ’
प्रदेश सरकार प्रादेशिक अस्पताललाई प्राधिकरणमा लै जाने तैयारी थालेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन दिए ।
अस्पतालमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकार तैयारी शुरु गरि सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रादेशिक लोक सेवा बाट छिटै जनशक्ति आभावको समस्या समाधान गरिने बताए ।