अन्डर ग्राउण्ड लाईन निजि उधोग लाई दिंदा स्थानीय आक्रोसित
प्रदेस एक स्थित सुनसरीको दुहबी नगरपालिका दुहबी–ईनरुवा सडक खण्डमा अब्यबस्थित तरिकाले ३३ केबि अण्डर ग्राउण्ड
लाईन निजि उधोग लाई दिंदा स्थानीयहरु आक्रोसित भएका छन । अब्यबस्थित तरिकाबाट व्यक्तिगत प्रयोजनको लागि आर्थिक लाभ लिने उदेश्यका साथ निजि उधोगलाई केही रकमको चलखेलमा ३३ केबि लाईन दिएको स्थानीयहरुको आरोप छ ।
दुहबी ८ स्थित पशुपती आइरनले अब्यबस्थित तरिकाबाट सो सडक खण्डमा ३३ केबि लाईन लाने क्रममा सडकको छेउमा डोजरले खाल्डो खनेर अण्डर ग्राउण्ड गरि सडकको माथिलो भागमा पिच गरेको पक्कि सडक समेत भत्काएर खालडोमा माटो मात्र भरि छोडेको कारण अत्याधिक धुलोका कारण स्थानियहरु आक्रोसित भएका हुँन । दुहबी–ईनरुवा सडक खण्ड पहिल्यैदेखि साँघुरो भएकोले दुर्घटनाको उच्च जोखिम छ ।
ठाउँ–ठाउँमा खाल्डा खुल्डी समेत भएपछि सडक झनै साँघुरो भएकोले थप दुर्घटनाको जोखिम बढेको स्थानीयहरु बताउँछन । दुहबी ३ स्थित दुहबी–ईनरुवा सडक खण्डबाट अण्डर ग्राउण्ड लगेको ३३ केवी लाइन दुहबी २ स्थित वस्तीबाट समेत लगेर वस्तीलाइनै जोखिममा पारेको स्थानियहरु बताउँछन ।
स्थानिय व्यवसायी प्रविण अग्रवालका अनुसार आफ्नो निजि जमिनबाट अब्यबस्थित ढंगबाट लगेको ३३ केवी लाइनले आफुहरुलाइ मार्का परेको बताए । उनका अनुसार पुरै वस्तीलाइनै जोखिममा पारेर लगिएको हाइटेन्सन तारले दुर्घटनाको जोखिम बढेको बताए ।