सेयर बजार बजार पाँच दसमलव ९८ अंकले घट्यो, ९९ करोड २८ लाखको सेयर खरिद बिक्री
काठमाडौं, ९ मंसिर । साताको अन्तिम दिन बिहिबार आज पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज पाँच दसमलव ९८ अंकले घटेर १५ सय ३४ दसमलव तीन बिन्दुमा सिमित रहेको छ । नेप्से सेन्सिटिभ पनि आज एक दसमलव १८ अंकले घटेर तीन सय ३१ दसमलव १७ बिन्दुुमा कायम रहेको छ ।
नेप्सेका अनुुसार आज कुुल एक सय ३६ कम्पनीहरुको छ हजार दुुई सय ३० वटा कारोवारमा १६ लाख सात हजार ९८ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा आजको बजार मुल्य अनुसार ९९ करोड २८ लाख सात हजार छ सय ५२ रुपैयाँको सेयर कारोवार भएको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । बाँणिज्य बैक समुहको सुचक दुुई दसमलव ५४ अंकले बढेर १४ सय ४२ दसमलव नौ बिन्दुुमा कायम रहेकोमा ४७ करोड २३ लाख ३० हजार रुपैयाँको कारोवार भएको छ ।
यसैगरी होटल समुहको सुचक ४१ दसमलव ७९ अंकले बढेर दुुई हजार २५ दसमलव ५१ अंकमा कायम रहेकोमा ८३ लाख ५७ हजार तीन सय ९० रुपैयाँको कारोवार भएको छ । बीमा समुहको स्ुचक दुुई सय ४६ दसमलव ९५ अंकले तल झरेर २७ करोड ६० लाख ८५ हजार रुपैयाँको कारोवार भएको छ ।
आज बिकास बैक, जलबिद्युुत र उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले घटेको छ भने फाईनान्स र अन्य समुहको सुचक सामान्य अंकले बढेको छ ।
नेप्सेका अनुसार आज कमाउने कम्पनीको सुचीमा अग्रस्थनमा परेको एनबी इन्स्योरेन्सको सेयर मुल्य नौ रुपैयाँ ५७ पैसाले बढेर दुुई सय छ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी गुुमाउने कम्पनीको सुचीमा परेको वोमी माईक्रो फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ८१ पैसाले घटेर १४ सय ७० रुपैयाँमा कारोवार भएको छ ।
कारोवार रकमका आधारमा अग्रस्थानमा परेको एभरेष्ट बैकको भने आज ३२ सय ८५ रुपैयाँ अन्तिम मुल्यमा १२ करोड ९५ लाख चार हजार तीन सय ४५ रुपैयाँको कारोवार भएको छ ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | बढेको मुल्य |
१ | एनबी इन्स्योरेन्स कम्पनी | २०६ | ९.५७ |
२ | अरुण फाईनान्स | १२७ | ८.५५ |
३ | ग्लोवल आईमई समुुन्नत योजना—१ | ११.१९ | ५.८७ |
४ | कन्काई बिकास बैंक | ६६३ | ५.४१ |
५ | लुम्बिनी फाईनान्स | ३८१ | ४.३८ |
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | घटेको मुल्य |
१ | वोमी माईक्रो फाईनान्स | १४७० | ९.८१ |
२ | सिद्धार्थ डेभलपमेन्ट बैंक | ३२७ | ९.६६ |
३ | कालिका माईक्रो क्रेडिट डे. बैंक | १५८४ | ९.४८ |
४ | रिलायन्स फाईनान्स | २८२ | ८.२२ |
५ | नेशनल लाईफ इन्स्योेरेन्स | २२९९ | ७.७४ |
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको रकम | अन्तिम मुल्य |
१ | एभरेष्ट बैंक | १२९५०४३४५ | ३२८५ |
२ | शिखर इन्स्योरेन्स कम्पनी | ५९५४०७२० | ३६८७ |
३ | मिसन डेभलपमेन्ट बैंक (संस्थापक) | ५८०६०८१८ | २५१ |
४ | नेपाल लाईफ इन्स्योरेन्स | ४४८१८१७२ | ३१५० |
५ | बैंक अफ काठमाडौ लुम्बिनी | ४०१२८४६७ | ६२९ |