Logo
३ मंसिर २०८१, सोमबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतले सैन्य सेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनायो

सर्वोच्च अदालतले सैन्य सेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ । यौनसम्पर्क, यौनशोषण र जबरजस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायत सुविधा खोसिने भएको छ ।

दुई सैनिकबीच भएको यौन प्रकरणमा जंगीअड्डाले कारबाही गरेपछि सर्वोच्च पुगेको एक विवादमा यस्तो फैसला आएको हो ।फैसलाले यौन प्रकरणमा मुछिएका सैनिकविरुद्धको कारबाहीमा सेनाको इन्वायरी बोर्ड, सैनिक विशेष अदालत र समरी जनरल सैनिक अदालतको अधिकार क्षेत्रलाई थप बलियो पार्ने देखिएको छ ।

चण्डीदल गणका सहसेनानी भूपेन्द्र खड्का र एक महिला सैनिक कर्मचारीबीच अनुचित यौन सम्बन्धको कारण पदमुक्तिको कारबाहीपछि विवाद सर्वोच्च पुगेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्