मन्त्री बाँस्कोटाद्वारा टेलिकम सेवाका बारेमा जानकारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कैलालीको अत्तरियास्थित नेपाल टेलिकम क्षेत्रीय कार्यालयको आज अवलोकन तथा निरीक्षण गरेका छन् ।
सो अवसरमा मन्त्री बास्कोटाले नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइरहेको सेवाका बारेमा जानकारी लिएका छन् ।
कार्यालय प्रमुख नामाकर न्यौपानेले प्रदेशमा टेलिकमको सेवा विस्तार, गुणस्तर र हाल भइरहेको कार्यका बारेमा मन्त्री बाँस्कोटालाई जानकारी गराए ।
टेलिकमले सुदूरपश्चिममा फोरजी सेवा विस्तार गर्नका लागि १४० टावर निर्माण गरिसकेको छ ।
निरीक्षणका क्रममा उनले गुणस्तरयुक्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।