बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न आदेश
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
जिल्ला अदालतका सुनसरीका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सिद्धबाबालाई धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए ।