Logo
३ मंसिर २०८१, सोमबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भ जाँच गराउन आउने महिलालाई शुभकामना – वधाई कार्ड दिने

इटहरी उपमहानगरले पहिलो पटक गर्भ जाँच गराउन आउने प्रत्येक महिलालाई शुभकामना तथा वधाई कार्ड दिनेभएको छ ।

तपाई गर्भवती हुनुभएको वधाई तथा शुभकामना लेखिएको कार्ड दिने भएको हो । कार्डको पछाडी पट्टि भने गर्भवति अवस्थामा के के गर्नुपर्छ र के के सावधानी अपनाउनुपर्छ भन्ने जानकारी उल्लेख गरिएको हुने छ ।

यसैगरि विवाह दर्ता गर्न आउने प्रत्येक दम्पतिलाई समेत दाम्पत्य जीवनको शुभकामना उल्लेखित कार्ड दिइने छ ।

कार्डको पछाडी भने सन्तानको चाहना राख्दा अपनाउनुपर्ने सावधानी र अपाङ्गताहुन नदिन के गर्नुपर्छ भन्ने जानकारी लेखिएको हुने छ ।

इटहरीमा माघ १ गते देखि सुरु हुन लागेको तीन बर्षे अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत कार्ड दिइने भएको हो ।

यो कार्यक्रम अन्र्तगत इटहरीका सवै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक एक वटा मोवाइल प्रदान गरिने छ । उनीहरुले प्रत्येक गर्भवतिको अनलाइन दर्ता गराउने छन ।

सिस्टमलेनै गर्भ जाँच गराउने जानकारी दिने छ र महिला स्वयंसेविकाहरुले जाँच गराउन उत्प्रेरित गर्ने छन ।

गर्भअवस्थादेखिनै अपाङ्गताहुन रोक्न यस्तो अभियान सुरु गरिएको हो ।सुत्केरी पछि ५४ घण्टा,तीन दिन र सात दिन भित्र सुत्केरी महिलाको वोक्न मिल्ने अल्ट्रासाउण्ड मेसिन सहितका सहजकर्ताहरुले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने छन ।

सामाजिक विकास मन्त्रालय,इटहरी उपमहानगर र करुण फाउण्डेसनको त्रिपक्षीय लगानीमा सो कार्यक्रम संचालन हुने छ ।

कार्यक्रम अन्र्तगत अपाङ्गता हुनै नदिन रोकथामका कार्यक्रम, अपाङ्गता भएकाहरुलाई पूर्नस्थापना र सहयोग तथा क्षमता अभिवृद्धि गरि आत्मनिर्भर वनाउने कार्यक्रमहरु संचालन गरिने छ ।

आज इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले चार करोड ३६ लाख १४ हजार ७० रुपियाँको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक कमल कोइरालाका अनुसार इटहरीका सवै अपाङ्गताभएकाहरुले तथ्यांक संकलन गरि प्रोफाइल तयार गरिने छ ।

उनीहरु के चाहन्छन लक्ष्य निर्धारण गरि सोही अनुरुपको क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरिने छ ।

सवै टोलमा अपाङ्गताभएकाहरुको समूह,वडा र पालिका स्तरीय समिति गठन गरिने छ । समिति मार्फत क्षमता गरि विभिन्न संघ सस्था,सहकारीको नेतृत्वमा पुग्न अभिप्रेरित गरिने छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्