Logo
३ मंसिर २०८१, सोमबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका विभिन्न भागमा तापक्रम घट्दै,सजग रहन आवश्यक

तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ ।

पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी शाखा प्रमुख डा इन्दिरा कँडेल बताउँछिन् ।

‘यतिबेला सूर्य दक्षिणि गोलाद्र्धतर्फ ढल्किएको छ । उत्तरतर्फ रहेको नेपालमा पश्चिमी चिसो वायु आइरहेको छ । यसले गर्दा पनि जाडो महसुस भइरहेको छ,’ उनले भनिन् । उनले साइबेरियाबाट आएको चिसो हावा पनि मिसिँदा ठन्डी बढेको बताइन् । चिसो हावाको घनत्व बढिरहेकाले ठन्डीले धेरैलाई सताइरहेको छ ।

विभागका अनुसार २५ मंसिरदेखि मुलुकको पश्चिमी भूभागबाट न्यूनचापीय प्रणालीको प्रवेश भएको छ । यो प्रणालीका कारण देशको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको थियो । दुई साताअघि पश्चिमी वायुकै प्रभावले मुलुकको अधिकांश भूभागमा वर्षा भएकाले तापक्रम चिसिँदै गएको विभागले जनाएको छ ।

विभागका अनुसार तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्नेछ । दिउँसो राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आइ चिसो नै रहनेछ । आगामी मंगलबारसम्म पहाडी भूभागमा आंशिक बदली हुने विभागले अनुमान गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्