Logo
१८ पुस २०८१, बिहीबार
(December 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई धरापमा पार्‍यो : रामचन्द्र पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले
सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पारेको बताएका छन् ।

शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा  भएको छलफलमा वरिष्ठ नेता पौडेलले शुक्रबारको केन्द्रीय समितिबाट भएको निर्णय पार्टी हित विपरीत भएको निष्कर्ष निकालेको हो ।

विवादित विषयमा प्याकेजमा सहमति जुटाउन सभापति शेरबहादुर देउवा पक्षले उसभापति विमलेन्द्र निधि र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय हृदयराम थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

बैठकपछि पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले भने,‘पार्टीलाई धरापमा पारियो । हामीसँग समय थियो। मंसिर ४र५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो। तर ०७७ को पल्लाछेउमा लगेर महाधिवेशनको मिति तोकियो।

एकातिर चुनावको घोषणा गर्ने र अर्कोतिर विधानमा नभएको ४७ वटा विभाग गठन गर्ने भनेर निर्णय गरिएको भन्दै पौडेलले आपत्ति प्रकट गरे । ‘गत वर्ष सम्पन्न महासमिति बैठकबाट १२ सय जना महासमिति सदस्यले गरेको निर्णय विपरीत केन्द्रीय समितिबाट निर्णय गरिएको छ,’ आशंका राख्दै भने, ‘२८ विभागलाई ४७ बनाउनु भनेको पद सिर्जना गरेर पदबाँड्ने पपञ्च रचिएको छ । यो अत्यन्त ठूलो षड्यन्त्रको गरेर पार्टीलाई के गर्न खमोजिएको भन्ने आशंका उत्पन्न भएको छ ।’

पौडेलले थपे, ‘भातृ संस्थाको अधिवेशन नेतृत्वको हेलचक्राइँका कारणले कयौं वर्षदेखि रोकिएको छ। भातृ संस्था अलपत्र छ । एउटा सिष्टममा आउ भन्ने हाम्रो माग थियो । त्यसका लागि पछिल्लो समय वार्ता हुँदैन थियो । ९ बुँदे प्रस्ताव राखेर हामी छलफलमा थियौँ ।’

सहमतिवेगर विधानका धारा निलम्बन गरेकोप्रति आफुहरु गम्भीर भएको उनको भनाइ छ । ‘अहिले क्रियाशील सदस्य भयो भने अहिले नै भोट हाल्न पाउने गरी निलम्बन गरिएको छ ।

महाधिवेशन हुनुभन्दा छ महिना पहिले क्रियाशील सदस्यता लिनेले मात्रै भोट हाल्न पाउने विधानमा व्यवस्था थियो, त्यो किन निलम्बन गरियो,’  पौडेलले भने ,‘विधानको यस्ता सम्वेदनशील धारालाई निलम्बन गरिएको छ । आम सहमतिवेगर यसरी विधानका धारा निलम्बन गरेर जुन निर्णय आयो यसले हामीलाई गम्भीर बनाएको छ ।

पौडेल पक्षका वार्ता टोलीका संयोजक प्रकाशमान सिंहले नेतृत्वले पार्टी विधानले निर्देशित काम समयमा नगर्दा समस्या आएको बताए । उनले भने, ‘यसका लागि हामीले समय–समयमा झक्झक्याउँदै आएको हो । समयमा केही नगर्नु भएन । अहिले समय सकिएपछि अहिले मिलेर जाउँ भन्ने कुरा पहिले देखिँदै हुँदै आएको छ ।’

वार्ता टोलीबीच सहमति भइरहेका बेला एकलौटी निर्णय गरिएको उनको आरोप थियो । ‘धेरै विषयमा सहमति नजिक थियौं । हामीले थप वार्ता गरेर टुंगो लगाउँ भनेर आग्रह पनि गर्यौँ । तर, उहाँहरूले सहमति भन्दा वार्ताका नाममा अल्मल्याउने मात्र काम भयो,’ उनले भने, ‘विवादका विषयमा म र उपसभापति विमलेन्द्र निधिजीबीच कुराकानी चलिरहेको थियो । सहमतिमा पुग्नै लागेका बेला एकलौटी निर्णय गरियो ।’

यता महामन्त्री कोइरालाले एकलौटी निर्णय गरिने परिपाटीले पार्टीलाई धरापमा पर्ने बताए ।उनले भने, ‘यो निर्णयले पार्टीलाई झन् धरापमा पारेको छ । सबैभन्दा पहिले पार्टी एक गर्नुपर्‍यो। सभापति र वरिष्ठ नेताले सोच्नुपर्छ। हिजाेकाे निर्णय राम्राे भएन । सभापतिले एकताका लागि बढी पहल गर्नुपर्छ । ’

प्रकाशित मिति: Dec 28, 2019

प्रतिक्रिया दिनुहोस्