प्रवासी नेपालीहरुद्वारा भारतको नयाँ नागरिकता कानून CAA को स्वागत
भारतमा रहेका प्रवासी नेपालीहरुले मोदी सरकारले ल्याएको नयाँ नागरिकता ऎन CAA को स्वागत गरेका छन् ।
त्यहाँ रहेका प्रवासी नेपालीहरुले र्याली निलाक्दै नयाँ नागरिकता कानूनको समर्थन गरेका हुन् ।
नेपाली संस्कृति परिषद गुजरात प्रान्तले बिहिवार एक र्याली निकाल्दै नयाँ नागरिकता कानूनको स्वागत गरेका हुन् ।
नेपाल संस्कृति परिषद भारतमा रहेका प्रवासी नेपालीहरुको सबैभन्दा ठूलो संस्था हो ।