Logo
३ मंसिर २०८१, सोमबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, गुम्यो दुई तिहाइ

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।बुधवार बसेको केन्द्रीय कार्यकारिणी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने विषयमा सोमवारको मन्त्रिपरिषद् बैठकमा राखेको ठाडो प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेको भन्दै उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले मंगलवार राजीनामा दिएका थिए ।

उनीसँगै समाजवादीका नेता तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्