अन्ततः उपेन्द्र यादवको पार्टीले सरकार छाड्यो (राजीनामा पत्र सहित)
समाजवादी पार्टी अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।
यादवको यो राजीनामा पत्रसँगै सोही पार्टीका अर्का नेता तथा शहरी विकास मन्त्री इस्तायक राइनको पनि स्वतः राजीनामा हुने हुने भएपनि अर्का नेता राइनले पनि राजीनामा दिएका छन् ।
संसदीय दलका अध्यक्ष समेत रहेका यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा गएको थियो । समाजवादी पार्टीबाटै शहरी मन्त्री रहेका अर्का नेता राइनले पनि राजीनामा दिएका छन् ।
यस्तो छ उपेन्द्र यादवको राजीनामा पत्र :
यस्तो छ इस्तायक राइको राजीनामा पत्र :