चिनियाँ राजदूतको ट्वीट कुटनीती : रिट्वीट गरेपछि दुई ओटा टिकटको अफर
नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटलाई रिट्वीट गर्न आग्रह गरेकी छन्। आज बिहान एक ट्वीट गदै उनले सम्बन्धित ट्विट एकजनालाई ट्याग गरी रिट्विट गर्न आग्रह गरेकी हुन्।
उनको ट्विट एक जनालाई ट्याग गरी रिट्विट गर्छ ती मध्ये ५ जनालाई चिनियाँ फिल्म हेर्न दुई–दुई वटा टिकट दिने घोषणा राजदूत यान्छीले गरेकी छन्। ‘मलाई फलो गर्नुहोस् र यो पोस्टलाई रिट्विट गर्नुहोस्।
यो पोस्टमा कमेन्ट गर्नुहोस् र एक जनालाई ट्याग गर्नुहोस्। यस्तो गर्ने समय बिहीबार (डिसेम्बर २६) मध्यान्ह १२ बजे सकिनेछ। पाँच जना विजेताले दुई–दुई वटा टिकट प्राप्त गर्नुहुनेछ,’ राजदूत होउले ट्विटरमा भनेकी छन्।
शुक्रबारदेखि काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव सुरू हुँदैछ। विजेता पाँच जनालाई यही महोत्सवमा देखाइने फिल्म हेर्नका लागि दुई–दुई वटा टिकट दिने उनले घोषणा गरेकी हुन्।
काठमाडौं, पोरखा र लुम्बनीमा हुन लागेको चिनियाँ चलचित्र महोत्सवमा चिनियाँ फिल्म ‘द ग्रेटवाल ’ र ‘द परेड अफ ७० एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’ लगायतका वृत्तचित्र देखाइनेछ।
The Opening Ceremony of Chinese Film Festival will be held on December 27 in Kathmandu.
-Follow me and retweet this post
-Comment on this post and tag 1 friend
-Ends at 12:00 AM on December 262 tickets will be given away to the Top 5 winners with the most likes! Good Luck! pic.twitter.com/nSL4wpiarl
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 24, 2019