बच्चा निरोगी बनाउन के उपाय अपनाउने ?
जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् ।
भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ ।
जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको छ । विशेषगरी पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञ डा। जुन डङ्गोलले जानकारी दिए।
उनका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन् । यसैकारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ । छ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गरिनुपर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरूमा धेरै समस्या नदेखिने डा। डङ्गोलको भनाइ छ ।
उनीजाडोमा रुघाखोकी, ज्वरो, घ्यारघ्यार हुने, हातगोडा फुट्ने र टाउको दुख्नेजस्ता समस्या हुने भएकाले अभिभावकहरूले राम्ररी रेखदेख गर्नुपर्ने सुझाव दिन्छन्। बालबालिकामा चिसो मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्या देखा नपरोस् भन्नका निमित्त बच्चाले लगाउने कपडादेखि खाने खानामा समेत विशेष ध्यान दिनुपर्ने डा। उप्रेतीको जोड छ । उनले बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, टोपी र मोजा लगाइदिनुपर्ने सुझाव दिन्छन्।गोरखापत्र दैनिकमा खबर छ ।