दुहबी ८ नम्बर वडा कार्यालय भबनको काम रोक्न उच्च अदालतको आदेस
प्रदेश एक स्थित सुनसरीको दुहबी ८ सोनापुरमा निर्माण सुरु भएको दुहबी वडा नम्बर ८ को वडा कार्यालय भबनको सम्पुर्ण काम तत्काल रोक्न उच्च अदालत बिराटनगरले अन्तरिम आदेस दिएको छ ।
दुहबी नगरपालिका वडा नम्बर ८ स्थित कित्ता नम्बर ४८३ र ६१ मा रहेको बाटो जग्गामा वडा नम्बर ८ को वडा कार्यालय भबन बन्न लागेको सार्बजनिक सरोकारको बिषय लगायत निवेदनमा उठाइएका प्रश्नहरुमा सम्बोधन हुने हुँदा हाललाई अन्तिम टुंगो न लागुन्जेल सम्म उक्त स्थानमा वडा कार्यालय भबन निर्माण न गर्नु न गराउनु यथास्थितिमा राख्नु भनी सोमबार उच्च अदालतले अन्तरिम आदेस जारी गरेको हो ।
उच्च अदालत बिराटनगरका न्यायाधीश प्रेमराज कार्की र रेणुका शाहको संयुक्त इजलासले अन्तरिम आदेस जारी गरेको
थियोे । स्थानीय ताबिज हुसैनले दुहबी नगरपालिकालाई समेत विपक्षी बनाइ एक हप्ता अगाडी निवेदन दिएका थिए । दुहबी ८ का वडाध्य्क्ष तारिकचन्द सरदारले वडा कार्यालय भबन बन्न न दिने यस्तो निवेदन बिकास बिरोधि गतिविधि भएको प्रतिक्रिया दिएका छ्न ।