Logo
९ मंसिर २०८१, आईतबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूत पुरीको बिदाइमा काँग्रेस सभापति देउवाको निवासमा भोज

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् ।

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् ।

आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो ।

यसअघि आइतबार पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका थिए ।

सोमबार देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् ।

पछिल्लो समय नेपाल कांग्रेस र भारतीय दुतावासबीच तल्की देखिएको थियो ।

भारतमा भाजपाले केन्द्रिय सत्ताको कमाण्ड सम्हालेपछि भारत र नेपाली कांग्रेससँगको सम्बन्धमा दरार देखिएको छ ।

यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए । जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो ।  सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको स्रोतले बताएको छ ।

राजपा नेपालले काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक समारोहकाबीच राजपाले राजदूत पुरीको बिदाइ गरेको थियो ।

पुरीको बिदाइका लागि आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायत नेताहरु उपस्थित थिए ।

यस्तै मंसिर २३ गते राजदूत पुरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगेर विदाइ भेट गरेका थिए ।

पुरीको कार्यकाल सकिएसँगै नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।

फाइल फोटो

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्