Logo
२ मंसिर २०८१, आईतबार
(December 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा कपडा बैंकको सुरुवात

प्रदेश एक स्थित दुहबीमा सितलहर र जाडाे अत्याधिक बढिरहेको भन्दै दुहबीका युवाहरुकाे संयुक्त प्रयास द्वारा संचालीत कपडा बैंककाे सुरुवात भएको छ ।

दुहबीका मनकारीहरुले कपडा बैंकमा केही कपडाहरु उपलब्ध गराएपछी आर्थिक अभाव भएकाहरु
आफ्ना बालबालिका सहित खुसी भएर लाभ उठाइ रहेकोले बिपन्न बर्गका हरुलाइ लक्षित गरि प्रत्य्क्ष लाभ पुर्याउने उदेश्यले यो अभियान सुरु गरिएको अभियानकर्ता राकेश डांगिले
बताए ।

यश कपडा बैंकमा नयाँ वा पुरानो लगाउन मिल्ने कपडाहरु उपलब्ध गराएर सहयोग गरि दिनुहुन अभियानकर्ता दिलिप स्वर्णकारले आग्रह गरे । यो अभियानलाई निरन्तरता दिनुपर्ने स्थानीयहरु बताउँछन् । नयाँ प्रविधि सामाजिक संजाल
फेस्बुकबाट स्थानीय उधोगी इन्द्र श्रेष्ठले आव्हान गरी शुरू गरिएको यस अभियानले सामाजिक संजालको सकारात्मक प्रयोग कति प्रभावकारी हुन सक्छ भन्ने प्रमाणित गरेको छ ।

प्रकाशित मिति: Dec 21, 2019

प्रतिक्रिया दिनुहोस्