Logo
१८ पुस २०८१, बिहीबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि संसदको हिउँदे अधिवेशन सुरु, बैठकको अध्यक्षता उपसभामुखले गर्ने

काठमाडौँ : आजदेखि संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । वर्षे अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्वन ४ बजेका लागि दुबै सदनको हिउँदे अधिवेशन डाकेकी थिइन् ।

राष्ट्रिय सभाको बैठक राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नेछन् । भने प्रतिनिधि सभामा सभामुख पद रिक्त रहेका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले गर्दै्छिन् ।

राष्ट्रिय सभाको बैठकपूर्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यपरामर्श समितिको बैठक डाकेर आजको बैठकको कार्यसूची तय गरिसकेका छन् भने प्रतिनिधि सभाको बैठकका लागि उपसभामुख तुम्बाहाङ्फेले कार्य परामर्श समितिको बैठक बोलाएकी छिन् ।

आजको राष्ट्रिय सभामा राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने, दिवगंत पूर्व सांसद रामेश्वरप्रसाद ढुङ्गेलको निधनमा शोक प्रस्ताव पारित गर्ने र संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

यता प्रतिनिधि सभाको कार्यसुची भने कार्यपरामर्श समितिको बैठकले तय गर्दैछ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्