दुहबी नगरपालिकाका कर्मचारी कमिशनको खेलमा, सेवाग्राही मारमा
एक नम्बर प्रदेश स्थित सुनसरीको दुहबी नगरपालिकाका कर्मचारी कमिशनको खेलमा लागेपछि सेवाग्राहिहरु मारमा परेका
छन । स्थानिय संचार गृहहरु र दुहबी नगरपालिकाकाबिच आर्थिक बर्ष २०७६ श्रावण १ गते देखि १ वर्षकालागि दुहबी नगरपालिकाको कार्यलयबाट जारि हुँने सूचनाहरु स्थानिय संचार गृहहरुमा सम्प्रेशन गर्ने सम्झौता भएको थियो ।
दुहबी नगरपालिकाले गरेको सम्झौता अनुरुप दुहबी नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भएसम्म ठिकठाक तरिकाले भएपनि नयाँ प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेल आएपछि कमिशनको खेलमा सम्झौता नगरेको संचार माध्यमहरुमा सम्प्रेशन गरि आर्थिक चलखेल भएको पाइएको छ । दुहबी नगर भित्र रहेका जनताको करको पैसाको दुरुपयोग गरेको तथ्य प्रमाण फेला परेको हो । बिगत केही दिन देखि दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेल आएपछि कर्मचारीमा बेथिति समेत बढेको पाईएको छ ।
सेवाग्राहि सेवा लिन जाँदा कार्यालयमा कर्मचारी नभेटने, कार्यालय मा बस्दापनि घण्टौं फेसबुक खेलाएर बस्ने, खाजा खाने समय हो भनेर घण्टौं कार्यालय भन्दा बाहिर बस्ने देखि लिएर कर्मचारि १० देखि ५ बजे सम्म आफ्नो कार्यलयमा नबसेको कारण सेवाग्राहीको १ घण्टामा हुँने काम हप्तौ लगाउने गरेको एक सेवाग्राहीले बताए । उनका अनुसार कर्मचारि भेटेपनि सुरुमा कागज पत्र मिलेको छैन भनेर आलटाल गरि झन्झटिलो देखाउने र पछि आफुहरुसङ्ग घुमाउरो तरिकाले कमिसन माग्ने गरेको दाबी गरे ।
दुहवी नगरपालिकामा ६५ लाख ९४ हजार३०२ रुपैया बेरुजु रहेको छ । जसमा बिल भर्पाइ नभएको शिर्षकमा प्रक्रिया नपुगी भुक्तानी दिएको १९ लाख ७६ हजार ४ सय, अग्रिम आयकर दाखिला नभएको शिर्षकमा असुल गर्नुपर्ने ९३ हजार ३०२ रुपैया र रकम फिर्ता नगरेको शिर्षकमा असुल गर्नु पर्ने ४५ लाख २४ हजार ६ सय रुपैया रहेको छ । सो बिषयहरुमा फोन सम्पर्कमा बुझ्न खोजदा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेल बोल्नै मानेनन ।