Logo
२ मंसिर २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागचीको ‘हाफ द नाइट इज गन’ ले जित्यो पच्चीस हजार डलरको डिएससी पुरस्कार

नेपाल साहित्य महोत्सवमा अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर (डिएससी) पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा रु २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको (( नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन ¥याण्डमरहाउस, अमेरिका, माधुरी विजयको द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीको देयर इज गनपाउडर इन द एयर (बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाको द सिटी एण्ड द सी (ह्यामिशह्यामिल्टन, पेन्गुइन ¥याण्डमहाउस, भारत) र सदिया अब्बासको द एम्प्टी रुमजुबान पब्लिसर्स, भारत) थिए ।

गत वर्षहरुमा यो पुरस्कार श्रीलङ्का, बङ्गलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलोपटक घोषणा गरी वितरण गरिएको हो । डिएससी पुरस्कारले दक्षिण एशियाली जनजीवनका विविधपत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

निर्णायकमण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एशियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एशियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार रहेको बताउनुभयो । पच्चीस हजार डलर पुरस्कार राशि भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले २०१० मा स्थापना गरेका थिए ।

यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलङ्काका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले सो पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्