Logo
२ मंसिर २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच किलो ट्युमरको सफलतापूर्वक शल्यक्रिया

जलेश्वर -महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १०  दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा अवस्थित रणभीम गणका गणपति विदुर अधिकारीले बताए ।

खखना माविमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो ।

नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरिसकिएको जनाइएको छ ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्