Logo
११ मंसिर २०८१, मंगलबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामगंज शाखाका अध्यक्ष बिश्वासकै सेटिङमा माटो बेचिएको खुलासा

प्रदेश एक स्थित सुनसरी–मोरङ सिंचाइ योजना अध्यक्षकै सेटिङमा नहरको माटो बेच्ने काम भएको खुलासा भएको छ । सुनसरी–मोरङ सिंचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वासले संचारकर्मीसँग सोमवार नहर सफाइ गर्दा सिंचाइको आफ्नो मेसिन र बजेटले सफाई गर्ने नियम रहेकोमा ठेकेदार लगाई कमिसनको खेलमा नहरको स्वरुप बद्ल्ने गरि माटो बेच्ने चक्करमा नहर छेवमा रहेको माटोको थुप्रो सहित बाटो बिगारेको आफु सम्बन्धित सेक्सनसँग कुरा गर्ने भन्दै प्रतिकृया दिएका थिए ।

तर काम नरोकिएको जनगुनासो बढेपछि पुन मङ्गलवार सो बिषयमा सुनसरी–मोरङ सिचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द विस्वाससँग बुझ्दा २४ घण्टा बित्न नपाउँदै अध्यक्ष विश्वासले कुरा फेरेका छन । कुराकानी गर्ने क्रममा उनले भने नहरको माटो बेचेको आम्दानी बाट सिंचाइ व्यवस्थापन गर्न सहयोग पुग्ने भएकाले सो नहर सफाइ गरि निस्केको माटो बेच्ने आफ्नो समेत सहमति भएको स्विकार गरेका छन ।

सुनसरी मोरङ सिचाइ योजनाको रामगन्ज सिस्टमवाईज शाखा नहरहरु सफागर्ने नाउँमा नहरको स्वरुपनै बिगार्ने तरिकामा माटो उत्खन्न गर्न डोजर प्रयोगगरि लाखौंको माटो व्यापारिक प्रयोजन गरि बेच्ने गरेको सोमवार खुलासा भएको थियो ।
पछिल्लो समयमा भुमाफिया र सोहि सिंचाईका रामगंज शाखाको ए, बि सि, र डी सिस्टमवाईज शाखा अध्यक्षको मिलोमतोमा नहरको डिल र नहर लाई भङगालो पारि बाटो समेत बिगारेर लाखौंको माटो बेच्ने गरेको देखा परेको थियो ।

कुनैपनि सिंचाइ नहरलाई प्रत्येक बर्ष सफाइ गर्ने नियम रहेता पनि सो सफाइ गरेको नहरकै डिलमा माटो हाल्नु पर्ने र सो माटो व्यापारी प्रयोजन गरि बेच्न नपाईने नियम हुँदापनी सुनसरी–मोरङ सिचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वासले सिस्टम वाईज सिंचाइ नहरका अध्यक्षहरु र बिभिन्न सप्लायर्ससँगको मिलेमतोमा रामगंज शाखाको ए, बि सि, र डी सेक्सनमा समेत कमिसनको खेलमा माटो बेच्ने गरेको देखिएको हो । सो माटो छेवछावका निर्माणाधिन उद्योगमा बेच्ने गरेको स्रोतको दाबि छ ।

नहरको माटो बेच्ने बिषयमा यता ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्की सँग बुझ्दा सिंचाइका अध्यक्ष विश्वासले यो आफ्नो अधिकारभित्रको कुरा भएकोले काम नरोकाउन चेतावनी दिएको बताए।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्