भुमाफियाको सेटिङमा नहर उत्खन्न गरि लाखौंको माटो बेच्दै गरेको खुलासा
प्रदेश एक स्थित सुनसरी मोरङ सिचाइ योजनाको रामगन्ज सिस्टमवाईज शाखा नहर सफागर्ने नाउँमा नहरको स्वरुपनै बिगार्ने तरिकामा माटो उत्खन्न गर्न डोजर प्रयोगगरि लाखौंको माटो व्यापारिक प्रयोजन गरि बेच्ने गरेको खुलासा भएको
छ।
बर्षाको समयमा सोहि शाखा नहरमा पानिको छालबाट आसपास क्षेत्रमा रहेको बस्तिहरु डुबानमा पर्ने गरेकोले केहि महिना अगाडीमात्र दुहबी नगरपालिका र वडा नम्बर २ को सहयोगमा नहरमा ओभर फ्लो भई निस्कीने पानिको छाल बाट बस्ति डुबान नहोस भनेर नहरको डिलमा माटोलाई ब्यवस्थित तरिकाले पुरिएको थियो । पछिल्लो समयमा भुमाफिया र सोहि सिंचाईका रामगंज शाखाको ए, बि सि, र डी सिस्टमवाईज शाखा अध्यक्षको मिलोमतोमा नहरको डिल र नहर लाई भङगालो पारि बाटो समेत बिगारेर लाखौंको माटो बेच्ने गरेको देखा परेको छ ।
कुनैपनि सिंचाइ नहरलाई प्रत्येक बर्ष सफाइ गर्ने नियम रहेता पनि सो सफाइ गरेको नहरकै डिलमा माटो हाल्नु पर्ने र सो माटो व्यापारी प्रयोजन गरि बेच्न नपाईने नियम हुँदापनी सिस्टम वाईज सिंचाइ नहरको अध्यक्ष र बिभिन्न सप्लायर्ससँगको मिलेमतोमा रामगंज शाखाको ए, बि सि, र डी सेक्सनमामा समेत कमिसनको खेलमा माटो बेच्ने गरेको र सो माटो छेवछावका निर्माणाधिन उद्योगमा बेच्ने गरेको स्रोतको दाबि छ।
सो नहरको माटो बेच्ने बिषयमा सुनसरी मोरङ सिचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वास सँग बुझ्दा आफुहरुसँग सल्लानै नगरीकन सफाइ गरेको र कुनै पनि नहर सफाइ गर्दा सिंचाइको आफ्नो मेसिन र बजेटले सफाई गर्ने नियम रहेकोमा ठेकेदार लगाई कमिसनको खेलमा नहरको
स्वरुप बद्ल्ने गरि माटो बेच्ने चक्करमा नहर छेवमा रहेको माटोको थुप्रो सहित बाटो बिगारेकोले आफु सम्बन्धित सेक्सनसँग कुरा गरि काम रोकाउँने बताए ।