Logo
११ मंसिर २०८१, मंगलबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय समितीको समायोजन

सुनसरीको दुहबीमा प्रदेश एकको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय समिती(क)र(ख)को समायोजन भएको छ।

समायोजन कार्यक्रममा जिल्ला सभापति तथा एक नम्बर प्रदेश सान्सद राजिब कोइराला,पुर्व गृह राज्यमन्त्री हरि सापकोटा,सान्सद सिताराम मेहेता,नेता प्रदिप चौधरी,जिल्ला सचिब केदार भन्डारी ,नेता हरु महेस बास्तोला,कुमार थापा, दुहबी नगरपालिका का प्रमुख बेदनारायण गच्छदार इटहरी नगर सभापति गोकर्ण पौडेल,क्षेत्र नम्बर ३ सभापति मेहेदी हुसैन,सचिब ओम थापा, लगायत पार्टी का अन्य नेता कार्यकर्ता हरुको बृहत् उपस्थित रहेको थियो।

देसकै बढी सङ्गघिय सान्सद जन्माउने सुनसरी जिल्लामा संगठन चलायमान गर्ने मुख्य सुत्रनै सहमती सहकार्य र एकता मुल मन्त्र रहेको सान्सद कोइरालाले बताए।

काङ्ग्रेसका वरिष्ठ नेताहरुको प्रयासबाट प्रदेश क को सभापति मा बिमला प्रधान, सह सभापति रमेश चौधरी साथै प्रदेश ख मा सभापति डोमि शर्मा र सह सभापति डि एन मेहेता चयन भएका हुन । प्रदेश क र ख को बाकी कार्य समिती केही दिन भित्रैमा पुर्णता दिने समेत सान्सद कोइरालाले खुलासा गरेका छ्न। यसको साथै सुनसरी जिल्ला को ४ वटै क्षेत्र को प्रदेश सभा समितीको समायोजन कार्य सम्पन्न भएको छ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्