Logo
२ मंसिर २०८१, आईतबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोटः मृत्यु हुनेको संख्या १६, २ अझै बेपत्ता

 

न्युजिल्याण्डको ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । गम्भीर अवस्थामा उद्धार गरिएका एक व्यक्तिको उपचारको क्रममा आइतबार निधन भएसँगै ज्यान गुमाउनेको आधिकारिक तथ्यांक १६ पुगेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । अझै दुईजना बेपत्ता रहेका छन् । उनीहरुलाई पनि जीवितै उद्धार गर्ने सम्भावना नरहेको जनाइएको छ ।

बेपत्ता भएका मध्ये ६ जनाको यसअघि नै शव फेला पारेका खोजीकर्ताले बाँकी दुईजनाको अवस्था थाहा पाउन प्रयास जारी रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । ज्वालामुखी निरन्तर सक्रिय रहँदा खोजी कार्यमा समस्या भएको थियो । तर खोजीकर्ताले अति जोखिमपूर्ण खोजी अभियान अन्तर्गत ६ जनाको शव निकालेका थिए ।

न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी गएको सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक हुन् ।

व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्