Logo
२ मंसिर २०८१, आईतबार
(December 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० हजार घुससहित प्रहरीका सई र जवान अख्तियारको फन्दामा

सर्लाहीको ब्रह्म्पुरीबाट दुई प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। व्यापारीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उनीहरुलाई आयोगको बर्दिबास महोत्तरीको टोलीले मंगलबार पक्राउ गरेको हो। भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै उनीहरुले व्यापारीबाट ५० हजार रुपैयाँ घुस असुलेका अख्तियारले जनाएको छ।

उनीहरु दुबै प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत थिए। भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउने व्यापारीसँग उनीहरुले रकम असुल्दै आएको उजुरीको आधारमा अख्तियारको टोली खटिएको थियो। पक्राउपछि दुबैलाई थप अनुसन्धानको लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ।

प्रकाशित मिति: Dec 11, 2019

प्रतिक्रिया दिनुहोस्